Tag Archives: #corona

निषेधाज्ञामा काठमाडौंबासि थप मारमा , कोरोनाविरुद्धको खोप नलगाइने

काठमाडौं जिल्लाबासीले तत्तकालका लागि कोरोनाविरुद्धको खोप लगाउन नपाउने भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरिएको जनाएको छ । सुरुमा कोरोनाविरुद्धको खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दोस्रो

भारत : कोरोना सङ्क्रमण भयावह, ३ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित थपिए

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएको छ । गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै

भारतमा कोरोना संक्रमणको फेरि नयाँ रेकर्ड, एकैदिन ३ लाख ५४ हजारमा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको

झापाका २१ सहित प्रदेश १ मा थपिए १३६ जना कोरोना संक्रमित

झापा । झापाका २१ सहित प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई,

पछिल्लो २४ घण्टामा १४ जना काेराेना सङ्क्रमितको ज्यान गयो

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५

दिल्लीका अस्पतालहरुमा अक्सिजन सकियो, अक्सिजन कुर्दाकुर्दै जीवन गुमाउनेको संख्या बढ्दै

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा अक्सिजन नपाएर मर्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । अक्सिजन कुर्दाकुर्दै छट्पटाएर जीवन गुमाउनेहरुको कारुणिक दृश्य दिल्लीका अस्पतालहरुमा बढिरहेको छ ।

थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या

२४ घण्टामा तीन सय ३९ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाकाे पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका

भारत गुजरातबाट फर्किएका कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर, २५ चैत । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते स्वदेश फर्केका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए

१४५ जनामा देखियाे कोरोना, एककाे मृत्यु

काठमाडाैं, १० चैत । नेपालमा बुधबार थप १४५ जनामा कोरोना पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । त्यस्तै थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९० संक्रमित निको