Tag Archives: #कोरोना

थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२,

निषेधाज्ञा नहट्ने, सार्वजनिक यातायात अझै नखुल्ने

कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो । आज बस्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले यस्तो निर्णय गर्ने बुझिएको छ । बैठकले यस यघिको निर्णयलाई कायम राख्दै सार्वजनिक यातायात नखुलाउने भएको हो । सरकारले काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस

भारतमा २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४

कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन

काठमाडौं, १३ असार । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वेच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो ।

भद्रपुर र बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

झापा । झापामा कोरोना संक्रमितहरुको मृत्युदर शून्यमा झर्न सकेको छैन । प्रत्येक दिन कसै न कसैको मृत्यु हुने भइरहेको छ । यसै क्रममा आज दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन् । बिर्तामोड नगरपालिका ५ की ४९ वर्षिया महिलाको आज बिहान ११.३० बजे बिर्तासिटी हस्पिटलमा मृत्यु

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा

थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ९ सय १४ संक्रमित निको भए

नेपालमा शनिबार थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

झापामा संक्रमितकाे होम आइसोलेसनमै जान्छ ज्यान

१२ असार, झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो। वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका

झापामा कोरोनाको जोखिम जस्ताको त्यस्तै, थप चार जना सङ्क्रमितको मृत्यु

झापा। झापामा निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण खुलेआम हिनडुल गर्न थालेका छन् । तर, जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम भने अझै टरेको छैन । जिल्लामा शुक्रवार मात्रै थप चार जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी ८८ वर्षीय पुरुष, मेचीनगर नगरपालिका २ निवासी ६० वर्षीय पुरुष, बिर्तामोड नगरपालिका १ निवासी ८८