काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।पछिल्लो समय भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा नौ हजार ४३२ जनामा र सात हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ ।पछिल्लो २४ घण्टामा तिन हजार ४० जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah