काठमाडौं – आज २०८० साल पुस २ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा जोगिएर काम गर्नुपर्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा घाटा हुने देखिन्छ।

मिथुन : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा धोका हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छैन। झुटा आरोप लाग्न सक्छन्। आफन्तले असहयोग गर्नेछन्। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुँदैन। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा उत्साह आउने देखिन्छ।

सिंह : दिन राम्रो छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा घाटा लाग्नसक्छ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। दाम्पत्य र प्रेम जीवनमा समस्या देखिन्छ।

वृश्चिक : आजको दिन राम्रो छ। शिक्षा क्षेत्रमा अवरोधको सामना गर्नुपर्ला। पारिवारिक कलह हुनसक्छ।

धनु : दिन राम्रो छ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। वैदेशिक र राजनीतिक लगानीको तयारी अधुरो बन्नेछ। प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ।

मकर : सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। शनिको छायाले गर्दा घाटा हुनसक्छ। त्यसबाट पार पाउन हरेक शनिबार पिपलमा पानी चढाउनु तपाईंका लागि फलदायी हुनेछ।

कुम्भ : दिन सामान्य छ। यात्रा कठिन हुनेछ। आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। परेवालाई चारो दिएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य छ। थालेका काममा अबरोध हुनसक्छ। गुरुको सल्लाहमा काम गर्नु राम्रो हुन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah