मेष : दिन राम्रो छ। आध्यात्मको बाटोमा हिँडेमा मनमा आनन्द हुनेछ। व्यापारमा फाइदा हुन्छ। परिवारले तपाईंको कमजोरी औंल्याउने दिन छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

वृष : दिन सामान्य राम्रो छ। हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। उत्तरको यात्रा नगर्नु। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी सामान्य छ। हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढा हुनसक्ने देखिन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँग बस्नुभयो भने दिन रमाइलो हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारमा विश्वासको खडेरी पर्ने योग रहेको छ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ।

कन्या : आजको दैनिकी सामान्य राम्रो छ। हरेक क्षेत्रका गोचरी राम्रा छन्। जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। निजी काम भन्दा परोपकार गर्नु राम्रो हुन्छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। सूर्यको दर्शन गरेर गरेको काममा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग पाइने छ।

धनु : आजको दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुन्छ।

मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। हरेक क्षेत्रको नेतृत्व आफैले गर्नु राम्रो हुन्छ। परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : तनावले सताउने देखिन्छ। भए नभएका आरोप सुन्नुपर्ने हुनसक्छ। नसोचेको साथीको साथ मिल्नसक्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

मीन : दिन राम्रो छ। बोली अर्थपूर्ण हुनेछ। थोरै लगानीबाट धेरै मुनाफा हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah