काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमा तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा जिम्मेवारी पनि विज्ञप्तिमा लिएका छन्।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिएका छन्।
उनले राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा जिम्मेवारी लिएका छन्।
मिश्रले देशको बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिलाई कारण देखाएका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमा तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा जिम्मेवारी पनि विज्ञप्तिमा लिएका छन्।

मिश्रले विज्ञप्तिमा लेखेका छन्, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचिविचारी लिँदैछु।’ उनले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि पार्टी विविध कारणले जनमतलाई सङ्गठित र पूँजीकृत गर्न बारम्बार विफल भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

देशको बदलिँदो भूराजनीति र चौतर्फी आन्तरिक परिस्थितिलाई मध्यनजर राख्दै भावी पुस्ताका लागि देश बचाउन र बनाउन नसकिने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

मिश्रले गैरदलीय (स्वतन्त्र) राजनीति तथा राजसंस्था पुनर्स्थापना तथा सुशासनलगायतका मुद्दाहरूमा अडान यथावत रहने बताएका छन् ।
आफ्नो ९ वर्षको राजनीतिक यात्राबारे मिश्रले लेखेका छन्, ‘यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।’ उनले ‘देशभन्दा माथि स्वार्थ’ राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम नगर्ने पनि बताएका छन् ।

उनले ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौँ १ बाट पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah